नेभिगेशन
जीवनयापन

मधुमेह ठिक गर्ने घरेलु उपचार

१. दुई दुई चम्चा करेला र अमलाको रसको मिश्रणलाई दैनिक पिउने । २. करेलाको रस निकाल्न नसके काँचै वा उसिनेर त्यसमा स्वादअनुसार नुन राखी खानाले वा ५ वटा ताजा बेलको पात र १० दाना मरीच मिलाएर पिसी अमलाको रसमा नियमित पिउनाले । ३. तीते करेलाको जुस बनाएर नियमित बिहान खाली पेटमा एक गिलास पिउनाले वा काँचो मेवा, खयरको कत्था, सुपारीको काँडा पानी बनाई नियमित सेवन गर्नाले । ४. जामनको कलिला पातलाई ८–१० चम्चा पानीमा पिसेर छानी बिहान खाली पेटमा सेवन गर्नाले यस रोगबाट मुक्ति मिल्दछ । ५. ५० ग्राम जामनको गुदी, ५० ग्राम गुर्जोमा मिलाएर पिसेर अमलाको रसमा मिलाउने र गोली बनाई ४÷४ रतिका दरले दिनमा ३ पटक ताजा महमा खानाले । ६. दुई चिया चम्चा मेथीलाई पिसेर पानीमा भिजाउने र त्यसलाई भोलिपल्ट छानी खाली पेटमा केही महिनासम्म नियमित सेवन गर्नाले राम्रो फाइदा गर्छ । ७. ४/५ वटा जामनको दानालाई नियमित चपाउने वा जामनको दानालाई सुकाई पिसी धुलो बनाउने र उक्त धुलोलाई बिहान बिहान २ चम्चाको दरले चिसो पानीमा मिलाएर सेवन गर्नाले राम्रो फाइदा गर्छ । ८. जामनको कलिला मुन्टा बेलको पात, गुजरगानो, गुर्जो, दूबो, निमको बोक्रालाई सुकाई पिसी धुलो बनाउने र उक्त चूर्ण चम्चालाई अमलाको रसमा मिलाएर दिनको ३ पटक खाली पेटमा सेवन गर्नाले चिनी रोग निर्मूल हुन्छ ।   साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै