Nic Ad Nic Ad
Nic Ad Nic Ad

मौसम सफा भएपछि लुक्ला उडान सुरु

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – सोलुखुम्बुको लुक्ला विमानस्थलको उडान बिहीबार देखी सुरु भएको छ । मौसममा सुधार आएसँगै सीता एयरले काठमाडौँ–लुक्ला र समिट एयर र तारा एयरले रामेछापको मन्थली–लुक्ला उडान सुरु गरेको हो । एक साता देखि उडान अवरुद्ध हुँदा मन्थलीमा करिब तीन सय बढी पर्यटक अलपत्र परेका थिए । बिहीबार बिहानैदेखि समिट एयर र तारा एयरले पर्यटकलाई लुक्ला उडान थालेको उनले बताए। पर्यटकको मुख्य सिजनमा लुक्ला विमानस्थलमा दैनिक २५ वटा भन्दा बढी उडान हुने गर्दछ । विहीबार तारा,समिट र सीता एयरले करिव २० वटा भन्दा बढी उडान गर्ने तयारी रहेको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्