Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपलाई हतकडी बिना नै अदालतमा उपस्थित गराइयो (तस्बिरहरु)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने आज हतकडी बिना नै अदालतमा उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला अदालतमा विहान १० बज्नु भन्दा पहिला नै ल्याइएको थियो ।   उनलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न काठमाडाैँ जिल्ला अदालतले म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप गरेको हो ।   यसअघि २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो । अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो ।   सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्