रेखाको ह्याट्रिकसँगै पुलिसको विजयी सुरुवात
स्याङ्जा— रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।
स्याङ्जामा बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५–० गोलले हरायो ।
१७औँ मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको पुलिसले एक मिनेट पछाडि नै दोस्रो गोल थपेको थियो । रेखा पौडेलले एक्लो प्रयासका गोल गरिन् । २१औ मिनटमा पौडेलले नै व्यक्तिगत दोस्रो गोल गरिन्। २३औँ मिनेटमा पौडेलले ह्याट्रिक पूरा गरिन् । ८७औँ निरु थापाले गोल पुलिसलाई फराकिलो जित दिलाइन् ।
खेलमा बागमतीकी गोलरक्षक सजना माझी घाइते भएपछि झराना नगरकोटीलाई मैदानमा उतारिएको थियो । खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडी राम्रो खेल्दा जित सम्भव भएको बताए । बागमतीका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार खेपेको बताए।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:२३
प्रतिक्रिया दिनुहोस्