मतपत्र छपाइ सुरु, प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने
काठमाडाैँ— प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि बिहीवारदेखि मतपत्र छपाइ सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रत्ययक निर्वाचन क्षेत्रका लागि फरक फरक मतपत्र छाप्न लागिएको हो ।
४ सय ९५ किसिमका मतपत्र रहेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ उम्मेदवारको मात्र चुनाव चिन्ह रहने व्यवस्था छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव तयारीका विभिन्न कामहरु गरिरहेको छ ।
आयोगले प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारको नामावली प्रकाशन गरिरहेको छ । बुधवार स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:५१
प्रतिक्रिया दिनुहोस्