नेभिगेशन
अर्थतन्त्र विविध

प्राधिकरणले खारेज गर्‍यो नेपाल इन्फ्राको अनुमति पत्र

काठमाडौं–नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणको प्रक्रिया अघि नबढाएको जनाउँदै नेपाल इन्फ्रा एण्ड कम्युनिकेसनको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले नियमानुसार निवेदन पेस नगरेको भन्दै इन्फ्राको अनुमतिपत्र खारेज गरेको सूचना जारी गरेको छ । प्राधिकरण अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० बमोजिम नवीकरणका लागि निवेदन नदिए अनुमति–पत्र स्वतः खारेज हुने व्यवस्था छ । यस्तै नेटवर्क सेवा प्रदायक सञ्चालन गरे बापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिए पनि उक्त रकम तिर्न प्राधिकरणले निर्देशन दिएको छ । ‘बुझाउन वा तिर्न बाँकी कुनै दस्तुर नतिरेमा बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिन्छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध