Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप अघि त्रिकोणात्मक टी–२० को उपाधि पाकिस्तानलाई

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–पाकिस्तानले त्रिकोणात्मक ट्वान्टी–२० सिरिजको फाइनलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको छ । अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप अगाडि पाकिस्तानले यो सफलता हात पारेर आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ । जितका लागि १ सय ६४ रनको लक्ष्य पाएको पाकिस्तानले १९.३ ओभरमा पाँच विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । मोहम्मद नजावले नटआउट रहेर ३८ रन बनाए । उनले २२ बलको सामना गरेर दुई चौका र तीन छक्का प्रहार गरे । यस्तै, प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवानलले २९ बलमा ३४ रन बनाए । त्यस अगाडि न्युजिल्यान्डले सात विकेटमा १ सय ६३ रन बनाएको थियो । घरेलु टिमका लागि कप्तान केन विलियम्सनले ३८ सर्वाधिक ५९ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे । पाकिस्तानी बलरमध्ये नसिम शाह र ह्यारिस रउफले दुई दुई विकेट लिए । सिरिजमा पाकिस्तान र न्युजिल्यान्डसँग बंगलादेशको पनि सहभागिता थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार