Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार वस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

बुधबार, मंसिर ७, २०७९
काठमाडाैँ—सरकारले अत्यावश्यक बाहेक अतिरिक्त वस्तुको आयात प्रतिबन्ध कायम राख्ने भएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी मदिरा, महँगा गाडी (कार, जिप, भ्यान), १५० सिसी इन्जिन क्षमतामाथिका मोटरसाइकल र महँगा मोबाइल आयातको प्रतिबन्ध आगामी मङ्सिर २९ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । मन्त्रालयले दुई सय डलरभन्दा बढी मूल्यका सेल फोन आयातमा समेत कडाइ जारी राख्ने जनाएको छ । मन्त्रालयको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश भएको छ । यसअघि सरकारले अत्यावश्यक बाहेकका १० प्रकारका वस्तुहरूको आयात असोज २८ गतेसम्मका लागि जारी राखेको थियो । जसमा ६ वस्तुमा प्रतिबन्ध हटिसकेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्