Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिवपुरी बाबाका केही अमर वाणीहरु

बिहीबार, मंसिर ८, २०७९
१. शान्ति आत्माको वासस्थान वा धाम हो, प्रभुको पूजा आराधनाले पाइन्छ । समताले संसारमा सन्तोष र रमाइलोपन दिन्छ, दैवी गुण र दानबाट यो पाइन्छ । आज्ञाशक्ति, नियन्त्रण शक्ति र ६ ऐश्वर्य, (ऐश्वर्य श्री, उपशम, लक्ष्मी, ज्ञान र वैराग्य)द्वारा आनन्द पाइन्छ । २. विभिन्न देवी देवताहरुको आराधना गरे तापनि स्वधर्म पालन नगरेसम्म प्रभु पाइँदैन । ३. इच्छा छ भने दुई मिनेट भित्र नै पाउन सकिन्छ । एउटा उपाय–ईश्वर दर्शन नगरेसम्म सास बन्द गर्छु भनी सास लिन रोक्नुहोस्, प्रभुले दर्शन दिनुहुनेछ, किनकि प्रभुले आफ्नो नाममा कसैलाई मर्न दिनुहुन्न । ४. विभिन्न धर्म वा सम्प्रदायले हामीलाई स्वधर्ममा डो¥याउँछन् र स्वधर्मले प्रभुमा लगिदिन्छ । ५. पहिलो अवस्थामा प्रभुको लागि यात्रा गर्दा आफ्नो सुरक्षा सबै प्रकारले गर्नुपर्दछ । दोस्रो अवस्थामा जब मन र बुद्धि स्थिर भएर ध्यान पक्का हुन थाल्दछ, साधक प्रभुको आफ्नै मान्छे हुन जान्छ, अनि उसलाई कुनै आपदले पनि छुन सक्दैन । ६. जसरी शरीरमा बसेसम्म शरीरको कानुन खानु, लाउनु, बासको बन्दोवस्त आदि मान्नुपर्दछ, त्यसैगरी जुन मुलुकमा बसोबास गरिन्छ त्यहाँको कानुन मान्नुपर्दछ । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:२५
प्रतिक्रिया दिनुहोस्