Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा कारकाे पछाडि बस्नेले पनि सिटबेल्ट अनिवार्य लगाउनु पर्ने

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – नेपालमा कार चलाउने धेरै ड्राइभरले सिटबेल्ट लगाएकाे देखिदैन । तर, भारतमा भने गजबकाे कानून बनेकाे छ । भारतीय संचार माध्यामका अनुसार भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बरदेखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको मुम्बई ट्राफिक प्रहरीले जनाएको छ। यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो तर गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्रीको मृत्युले सिट बेल्ट लगाउनुको महत्त्व बढेको भन्दै नयाँ नियम लागू गरिदै छ। मुम्बई ट्राफिक प्रहरीका अनुसार नयाँ नियमको पालना नगरेमा दण्डनीय हुने बताइएको छ । भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो जसमा १३ लाख एक हजार ७१४ जनाको मृत्यु भएको थियो भने तीन लाख ४८ हजार २७९ जना घाइते भएका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्