Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुरूष भलिवलमा पुलिस क्लव समूहविजेता बन्दै क्वाटर फाइनलमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
शनिवार पोखरा रङ्गशालास्थित कोर्टमा भएको खेल पुलिसले ३–० को सोझो सेटमा जितेको हो । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–८ ले जितेको थियो । तेस्रो सेट २५–२१ ले जित हात पारेर पुलिसले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।
यस समूहबाट क्वाटर फाइनल पुग्ने अर्को टोलीको टुङ्गो भने आइतबार हुने लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको खेल पछि लाग्ने छ । त्यस्तै पुरुष भलिबलमा विभागीय टोली नेपाल एपीएफले विजयी सुरुआत गरेको छ ।
एनआरएनए स्पोर्टस एकेडेमीको भलिबल टिमलाई शनिवार पोखरा रङ्गशालास्थित कोर्टमा भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१५ले जितेको थियो । तेस्रो सेट २५–१३ ले जित हात पारेर एपीएफले सहज जित हात पारेको हो । त्यस्तै शनिवार नै भएको पुरुष भलिबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
प्रदेश नम्बर एकको भलिबल टिमलाई शनिवार पोखरा रङ्गशालास्थित कोर्टमा भएको खेलमा आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–१९ ले जितेको थियो । तेस्रो सेट २५–२३ ले जित हात पारेर आर्मीले सहज जित हात पारेको हो । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५१
प्रतिक्रिया दिनुहोस्