Nic Ad Nic Ad
Nic Ad Nic Ad

बजारमा छैनन् तिहारमा बत्ती बाल्ने पाला (फोटो फिचर) 

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – केही वर्ष पहिला तिहार नजिकिन थालेपछि भक्तपुरमा माटोको भाँडा बनाउने कालिगड साह्रै व्यस्त हुन्थे । बजारमा बिस्तारै तिहारमा दियो बालने पालाको ठाउँमा बिजुलीबाट बल्ने प्लास्टिकका पाला आउन थालेपछि पेसा नै सङ्कटमा परेको छ ।   भक्तपुर दरबार स्क्वायर नजिकै माटोका भाँडा बनाउने सुजन अहिले पालाको माग कम भएको बताउँछन् । पोहोर बनाएको पाला बचेका कारण यो वर्ष पाला नबनाएको उनको भनाइ छ। माटोको भाँडा बनाउँदा दुःख हुने गरेको उनले सुनाए । तीन दिनसम्म पोल्नु पर्छ । त्यसपछि मात्र माटोको भाँडा तयार हुन्छ । पोल्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि पाउन छोडेको उनीहरूको गुनासो छ । माटोको पनि समस्या र बजारमा आयातित बिजुलीबाट बल्ने बत्तीका कारण पालाको व्यवसाय सङ्कटमा परेको हो ।    
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्