Nic Ad Nic Ad
Nic Ad Nic Ad

इटलीका दुवै सदनको नेतृत्व चयन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – इटलीका दुवै सदनको नेतृत्व चयन गरिएको छ । माथिल्लो सदनका लागि अध्यक्ष र तल्लो सदनका लागि सभामुख चयन गरिएको हो । दुई पटक मन्त्री भइसकेका प्रभावशाली नेता लोरेन्जो फोन्ताना तल्लो सदनको सभामुखमा शुक्रबार निर्वाचित भएका हुन्। त्यसैगरी माथिल्लो सदन सिनेटको अध्यक्षमा भने इग्नाजीयो ला रुसा अघिल्लो दिन विहिबार नै निर्वाचित भएका थिए। सभामुखमा निर्वाचित फोन्तानाले २२२ मत प्राप्त गरेका थिए। संसदमा सभामुख चयनका लागि भएको चौथो पटकको मतदानबाट २५ मत बढी प्राप्त गरी ४२ बर्षीय फोन्ताना सभामुखमा निर्वाचित भएका हुन् । उनले यसअघि युरोपेली मामिला मन्त्री र परिवार तथा अपाङ्गतासम्बन्धी मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए। सिनेट अध्यक्षमा निर्वाचित ७५ बर्षीय ला रुसा भने यसअघि रक्षा मन्त्री हुनुभएको थियो । ब्रदर्स अफ इटली पार्टीका नेता हुनुहुन्थ्यो । उहाँले १२ मत बढी ल्याएर जित हासिल गर्नु भएको हो । उहाँले ११६ मत पाउनु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५६
प्रतिक्रिया दिनुहोस्