Nic Ad Nic Ad
Nic Ad Nic Ad

रहेनन् शताब्दी पुरुष जोशी

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । मुटु र प्रोष्टेटको समस्याबा ग्रसित जोशीको आज बिहान निधन भएको किष्ट मेडिकलले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । रगत परीक्षणको क्रममा जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । मेडिकल कलेजल जोशीलाई निःशुल्क सेवा दिएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार