Nic Ad Nic Ad
Nic Ad Nic Ad

पिपुल्स हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आफ्नो जारी पुँजी रु ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अङ्कित मूल्यका ३२ लाख कित्ता आइपिओ निष्कासन गरेको हो । उक्त आइपीओ मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका ,तत्कालिन ढोढेनी र फलेनी गा.वि.स. का वडा नं ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आज बैकिङ समयसम्म आवेदन दिने सक्नेछन् । आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ । कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले उक्त आइपीओमा ग्लोबल आईएमई बैङ्कको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्टर, एनएमबि बैङ्कको भोटे ओडार शाखा, सिद्धार्थ बैङ्कको बेसीशहर शाखा र सिभिल बैङ्कको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्