Nic Ad Nic Ad
Nic Ad Nic Ad

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने असोज ३० गते अन्तिम दिन हो । लगानीकर्ताले आज आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार