Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुण्डुका किसान : बिहान फूल टिप्ने दिउसो माला गाँस्ने (फाेटाेफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – तिहार नजिकिएसँगै किसानहरू फूल टिप्न व्यस्त छन् । भक्तपुरको गुण्डुका किसानलाई फूल टिप्न भ्याइ नभ्याइ भएको छ । बिहानैदेखि कृषकहरू मखमली टिप्न बारीमा पुग्ने गरेका छन्। गुण्डुकी सिर्जना श्रेष्ठ मखमली फूल धेरै फुल्ने बत्ताउँछिन् । भक्तपुरको सूर्यविनायकबट दक्षिणको बाटो गुण्डु पुगिन्छ । गुण्डुका किसानहरू मखमली फूल राम्रो आयस्रोत भएको बताउँछन्।   प्रति गोटा २० देखि २५ रुपैयाँमा बिक्री गर्ने गरिएको सिर्जनाले बताइन् । तिहारको बेला मालाहरू बढी विक्री हुने भएकाले मखमली फूलको माला खरिद गर्न व्यापारीहरूको भीड लाग्ने गरेको छ । सिर्जना भन्छिन्, ‘बिहान फूल टिपेर दिनभरि माला गाँसिन्छ ।’ मखमलीको पकेट क्षेत्र मानिने गुण्डुको मुख्य आएको स्रोत नै फूलको व्यापार हो ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०५
प्रतिक्रिया दिनुहोस्