नवौं राष्ट्रिय खेलकुद : खोखोका खेल सुरु
पोखरा -पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखोका खेल सुरु भएको छ ।
पोखरा रंगशालामा पूजापाठ गरेर आइतबार खेल सुरु भएको हो । खेल सुरु हुनुअघि प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो ।
खोखो संघका प्रचार विभाग प्रमुख सुशीलमान व्यञ्जनकारका अनुुसार खोखो भारतदेखि सुरु भएकाले सोही शैली पछ्याउँदै खेल सुरु हुनुअघि पूजापाठ गर्ने प्रचलन छ । ‘यसको ओरिजिन नै इन्डियामा भएकाले हामीले पनि त्यही शैली पछ्याएका मात्रै हौं,’ उनले अनलाइनखबरसँग भने, ‘अरु खेलमा यस्तो पूजा गरिँदैन ।’
उदघाटन खेलमा विभागीय टिम नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिन आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:२३
प्रतिक्रिया दिनुहोस्