टी–२० विश्वकप आजदेखि सुरू हुँदै
काठमाडौं–आजदेखि अष्ट्रेलियामा आठौं संस्करणको टी–२० विश्वकप सुरू हुँदैछ ।
१६ टोली सहभागी हुने प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार बिहान ९ः ४५ बजे सुरू हुनेछ । यस्तै दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १ः४५ बजे हुनेछ ।
पहिलो चरणको समूह एमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन्। यस्तै समूह बी मा आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।
पहिलो चरणका दुबै समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् ।
पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरू हुनेछन् । सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन् ।
त्यस्तै सुपर १२ को समूह २–भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् । सुपर १२ मा दुबै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
टि–२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली च्याम्पियन बनिसकेका छन् । दुई पटक विश्वकप जित्ने एक मात्र टोली वेस्टइन्डिज हो ।
२००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्यान्ड, २०१२ मा वेस्टइन्डिज, २०१४ मा श्रीलंका, २०१६ मा वेस्टइन्डिज र २०२१ मा अष्ट्रेलिया टी–२० विश्वकप च्याम्पियन बनेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२४
प्रतिक्रिया दिनुहोस्