Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘२ नम्बरी’ ले एक सातामा कति कमायो ?

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं -'२ नम्बरी’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । प्रदर्शनामा आएपछि फिल्मले रामै्र बजार लिएका निर्माण युनिटको दाबी छ । निर्माण युनिटले फिल्मको एक साताको बक्स अफिस कलेक्सन ४ करोड ४५ लाख ग्रस कलेक्सन रहेको जनाएको छ । जसमा काठमाडौंमा २ करोड २० लाख, चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौंडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाख कमाएको छ । अन्य विभिन्नबाट समेत १५ लाख कमाएको निर्माता किरण नेपालीले बताए । उनले भने ‘फिल्मबाट मुनाफा प्राप्त भइसकेको छ । अबको दिनमा कमाउने सबै नाफामा पर्दछ ।’ दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । फिल्म चोरी सिकारीको विषयवस्तुमा निर्माण भएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:४३
प्रतिक्रिया दिनुहोस्