Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ’ प्रतियोगिता हुने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–नेपाली सेनाले फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ प्रतियोगिता २०२२ को आयोजना गर्ने भएको छ । सेनाले बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको सह–आयोजना तथा केही संस्थाहरूको सहयोगमा ‘संरक्षणमा सबैको सहकार्य’ भन्ने अवधारणाका साथ कात्तिक १९ गते ‘फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ’ प्रतियोगिता आयोजना गर्ने भएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै भवानीदल गणका गणपति प्रमुख सेनानी रवि केसीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र प्रकृति संरक्षणमा थप टेवा पुर्याउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । खेलाडीहरूले प्रतियोगितामा सहभागी हुन प्रतिष्पर्धीहरूले असोज ३१ गतेदेखि कात्तिक १७ गतेसम्म शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय, शिवपुरी व्यारेक, बुढानिलकण्ठ नगरपालिकाको कार्यालय र टोखा नगरपालिकाको कार्यालयमा दर्ता गर्न सकिने सेनाले जनाएको छ । उक्त खेलमा २२ किलोमिटर पुरुष ट्रेल रनमा पहिलो हुने खेलाडीले एक लाख, दोस्रो हुनेले ७० हजार तेस्रो हुनेले ३० र क्रमश १० औं स्थानसम्म आउने खेलाडीहरूले २५, २०, १५, १०, ७ र ५ हजार नगद पुरस्कार पाउने सेनाले जनाएको छ । त्यस्तै साइक्लिङ प्रमुख हुनेले ७० हजार र क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले ५०, ३५, २५ र १० हजार नगद पुरस्कार पाउनेछन् । साथै १५ किलोमिटर महिला ट्रेल रनमा प्रथम हुनेले ५० हजार नगद पुरस्कार पाउनेछन् भने दोस्रो, तेस्रो चौथो र पाँचौ हुनेले क्रमशः ४०, ३०, २० र १० हजार नगद पुरस्कार पाउने सेनाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१०
प्रतिक्रिया दिनुहोस्