१.७२ अंकले घट्यो नेप्से
काठमाडौं–साताको पहिलो दिन नै सेयरबजारमा ९.६९ अंकको गिरावट आएको छ । नेप्सेसँगै सेन्सिटिभ सूचक पनि आइतबार १.७२ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कुल २२१ कम्पनीको कारोबार भएकामा २५ लाख ७४ हजार कित्ता सेयर मात्रै बिक्री भएको नेप्सेले जनाएको छ । १६ हजार पटकमात्रै भएको कारोबारमा ८० करोडको मात्र किनबेच भएको हो ।
आज व्यापार, होटल र पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, सामूहिक लगानी कोष र लगानी समूहको सूचक घटेको हो । आज ३० वटा कम्पनीको सेयर बढे पनि १४८ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ । अभियान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका सेयरधनीले कमाए पनि अन्यले उल्लेख्य कमाउन सकेनन् ।
आज एभरेष्ट बैंक लिमिटेडको ८ करोडको सेयर किनबेच भएको छ । लगानीकर्ताले १० प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:३६
प्रतिक्रिया दिनुहोस्