सरकारी परिचयपत्रबात निर्वाचनमा मत हाल्न पाइने
काठमाडौं–आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सरकारी परिचयपत्र हुनेले मतदान गर्न पाउने भएका छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा निर्वाचन आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्