Nic Ad Nic Ad
Nic Ad Nic Ad

जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेजलाई हस्तान्तरण (फाेटाेसहित)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिएको छ । १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए। शताब्दी पुरुषको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । कलेजले जोशी र उनकी पत्नीलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । वाङ्मय शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिका परिसर पुगेर राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली दिएका छन् । जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा मन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत ललितपुर महानगरपालिका परिसर गएका थिए । यस्तै, काठमाडौँका मेयर बालेन शाह पनि जोशीलाई अन्तिम श्रद्धान्जली दिन पुगेका थिए । यसअघि शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्