अमेरिकी डलरकाे भाउ स्थिर, अन्यकाे कस्ताे छ ?
काठमाडौँ— नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ। युरो १ को खरिद दर १२७ रुपैयाँ ८० पैसा र बिक्री दर १२८ रुपैयाँ ३९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ८७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुवेती दिनार १ काे खरिद दर ४२३ रूपैयाँ ६२ पैसा र बिक्रीदर ४२५ रूपैयाँ ५५ पैसा रहेकाे छ । साउदी रियाल १ काे खरिददर ३४ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रूपैयाँ १५ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:१२
प्रतिक्रिया दिनुहोस्