Nic Ad Nic Ad
Nic Ad Nic Ad

वास्तु शास्त्र अनुसार घरमा नवग्रहहरूको स्थिति

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – वास्तु शास्त्रका नियमअनुसार घर बनाएपछि त्यसमा नवग्रहहरू विराजमान हुनेछन् र त्यहाँ बस्ने मानिसहरूमाथि आफ्नो शुभ प्रभाव पार्नेछन् । सूर्यको स्नान पूजा कक्षमा हुन्छ अर्थात् ईशान (उत्तर–पूर्व) मा, चन्द्रमाको स्नानागार अर्थात् पूर्वमा, मङ्गल (कूल–मङ्गल) को सधैँ दक्षिण–पश्चिम (आग्नेय) मा स्थिति भान्छामा, अगाडिको बार्दली वा मध्य भागको ठुलो कक्षमा बुधको स्थान हुन्छ, जहाँ अध्ययन र व्यापारका कामहरू हुन्छन्। उत्तरमा भएको कोष कक्ष तथा जहाँ आध्यात्मिक वा अन्य प्रकारका अध्ययनहरू हुन्छन्, त्यहाँ बृहस्पति वा गुरुको स्थान हुन्छ, यो ईशान (उत्तर–पूर्व) को दायाँ र बायाँ किनारामा हुन सक्छ, शुक्रको स्थान दक्षिण, दक्षिण–पश्चिम र पश्चिमी किनारामा निर्मित बस्ने, खाना खाने, प्रसाधन, विश्राम वा शयन कक्षमा हुन्छ । शनिको स्थान पश्चिम वा उत्तर–पश्चिमतर्फ बनेको अँध्यारो कक्ष वा गोठमा हुन्छ, प्रवेशको दाहिनेतर्फ राहु र देब्रेतर्फ केतुको स्थान हुन्छ र राहु र केतुले घरको चारैतिर सधैँ त्यसको रक्षा गर्छन् ।   साभार: ‘वास्तु शास्त्र’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३४
प्रतिक्रिया दिनुहोस्