Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशमा रोहिँग्या शरणार्थीका दुई नेताको हत्या

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – बंगलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ । एउटा समूहले क्याम्प १३ मा रहेका दुई शरणार्थीको हत्या गरेको बंगलादेशको प्रहरीलाई उदृत गर्दै संचार माध्यामले जनाएका छन् । पछिल्ला महिनाहरूमा शरणार्थी बसोबास गर्ने वस्तीमा हिंसा बढेको प्रहरीको भनाइ छ ।, पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिंग्याको हत्या भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिंग्या शरणार्थीलाई बंगलोशमा विभिन्न शिविरमा राखिएको छ । उनीहरु स्वच्छ पिउने पानी, औषधि उपचार जस्ता अत्यावश्यक बस्तुको आपूर्तिबाट बञ्चित छन् । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२२
प्रतिक्रिया दिनुहोस्