Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनको राजधानी किभमा शृङ्खलाबद्ध विष्फोट

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–युक्रेनको राजधानी सहर किभमा सोमबार बिहान कम्तीमा तीन विष्फोट भएका छन् । किभका मेयर भिटाली क्लित्चकोले सोमबार भएको विष्फोटको कारण आवासीय भवनहरुमा क्षति पुगेको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रीय येर्माकले यो आक्रमण ड्रोनबाट गरिएको बताएका छन् । केही दिनअघि मात्र किभमा रुसले मिसाइल आक्रमण गरेको थियो । मुलुकभर गरिएको मिसाइल आक्रमणमा परी १९ जनाको मृत्यु भएको थियो । पछिल्लो समय रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाउने संकेत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता क्रिमियन पुलमा भएको आक्रमणको लागि युक्रेनको विशेष सेवा जिम्मेवार रहेको बताएका थिए । रुसले क्रिमियामा गएर पुलमा क्षति पु¥याएपछि बदला लिइएको जनाइएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५९
प्रतिक्रिया दिनुहोस्