ग्रीस–टर्की सीमामा करिब १०० पुरुष नग्न अवस्थामा, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
स्टानबुल–ग्रीस र टर्कीबीचको सीमामा झण्डै एक सय पुरुष नग्न अवस्थामा भेटिएपछि संयुक्त राष्ट्रसंघले ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । योसँगै दुई देशबीच आरोप–प्रत्यारोपको सिलसिला पनि सुरु भएको छ ।
ग्रीस प्रहरीले ती व्यक्तिहरूलाई टर्कीको उत्तरी सीमा नजिकबाट उद्धार गरिएको जनाएको छ। तीमध्ये केही पुरुष घाइते पनि छन् । यद्यपी, यो अवस्थामा यति धेरै मानिसहरु कसरी पुगे भनेर न्ने अझै स्पष्ट भइसकेको छैन ।
ग्रीसले टर्कीलाई आफ्नो व्यवहार ूसभ्यताको अपमानू भएको आरोप लगाएको छ। उही समयमा टर्कीले आफ्नो छिमेकीलाई ुबर्बरताु को आरोप लगाएको छ र छिमेकीको दाबीलाई ुझूटाु भनेको छ।
ग्रीस प्रहरी र युरोपेली संघको सीमा एजेन्सी फ्रन्टेक्सको अनुसन्धानले यी सबै आप्रवासीहरू टर्कीबाट नदी पार गरी ग्रीसको भूभागमा प्रवेश गरेको खुलासा भएको छ।
संयुक्त राष्ट्र संघले पनि यस विषयमा एक विज्ञप्ति जारी गर्दै ग्रीस र टर्कीको सिमानामा १०० जना पुरुष नग्न अवस्थामा भेटिएकोमा ‘अत्यधिक चिन्तित’ रहेको जनाएको छ ।
सिरिया, इराक र अफगानिस्तानमा युद्ध र गरिबीबाट पीडित लाखौं शरणार्थीहरू टर्की हुँदै आइपुग्दा २०१५ र २०१६ बीच ग्रीसमा शरणार्थीहरू तीव्र गतिमा बढ्दै गएका थिए।
तर, त्यसपछि शरणार्थीको संख्या घट्यो । तर ग्रीसका अधिकारीहरूले हालैका दिनहरूमा टर्कीको भूमिबाट आफ्नो क्षेत्रमा प्रवेश गर्ने शरणार्थीहरूको संख्या फेरि बढ्न थालेको बताएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:१९
प्रतिक्रिया दिनुहोस्