Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिनजियाङको घुल्जामा कोभिड लकडाउनमा भोकमरीका कारण एकै दिन २२ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९

चीनको कोभिड लकडाउन अन्तर्गत उत्तरी सिनजियाङ सहर घुल्जामा गत हप्ता एकै दिन भोकमरी र स्वास्थ्य उपचारको अभावमा कम्तीमा २२ जनाको मृत्यु भएको आरएफएले प्रहरी र शोक सन्तप्त परिवारका सदस्यहरूसँग पुष्टि गरेको छ।

बेइजिङ्गको शून्य-COVID निति अन्तर्गत क्वारेन्टाइनमा फसेका उइघुरहरूबाट मद्दतको लागि अपीलहरू चिनियाँ सोशल मिडिया प्लेटफर्महरूमा पप अप भइरहेका छन्। तर चीन प्रसासन मौन छ ।

उइघुरहरूले यस हप्ता न्यूयोर्कमा संयुक्त राष्ट्र मानवअधिकार प्रमुखको कार्यलयमा मानवता विरुद्धको अपराध उपर चीन प्रशासनलाइ कारबाही गर्न माग गरिरहेका छन्। ।"

गुल्जा सहरलाई चिनियाँमा यिनिङ भनिन्छ । लगभग आधा मिलियन मान्छे बस्ने यहाँ मुख्यतया उइगुर र अन्य टर्किक मुस्लिमहरूको बाहुल्यता छ । सन् २०१९ देखि नै प्रकोपको कारण अगस्टको शुरुदेखि नै यो सहर तालाबन्दीमा छ। आरएफएले यसअघि घुल्जामा भोकमरी वा औषधिको अभावका कारण मृत्यु भएको रिपोर्ट गरेको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२२
प्रतिक्रिया दिनुहोस्