टेबल टेनिसको खेल सक्यो, पुलिसलाई ४ स्वर्ण
पोखरा–नवौँ राष्ट्रिय खेलकुदमा टेबल टेनिसका टिम इभेन्टसका खेल सम्पन्न भएका छन् । पाँच स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पुलिसले चार स्पर्धामा स्वर्ण पदक जितेको छ । अर्को एक स्वर्ण सशस्त्र प्रहरी बल (एपीएफ)ले जित्यो ।
पुलिस क्लबले पुरुष र महिला टिम स्पर्धा तथा पुुरुष युगल र मिक्स युगलगरी चार स्पर्धामा स्वर्ण पदक जितेको हो । महिला युगलको स्वर्ण पदक शसस्त्र प्रहरीले जितेको हो ।
पुुरुष युगलमा नेपाल पुलिसले एपीएफलाई ३१, ११–८, ११–५, ११–१३, ११–६ को स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो । ११ टिमले प्रतिस्पर्धा गरेको खेलमा एपीएफले दुई रजत पदक जित्दा नेपाल पुलिस त्रिभुवन आर्मी र वाग्मती प्रदेशले एक एक रजत पदक जित्यो । वाग्मती, एनआरएनए, प्रदेश–१ र आर्मीले समान दुई काश्य पदक जित्यो । पुलिल र गण्डकी प्रदेशले एक एक काश्य पदक जितेका छन् ।
नेपाल पुलिस क्लबको पुुरुष टिम इभेन्टमा सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोकाले प्रतिस्पर्धा गरेका थिए । महिला टिम इभेन्टमा नवीता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवल, यस्वासी अवल, शुभाश्री श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । पुरुष युगलमा सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स युगलमा विनेश खनियाँ र एलिना महर्जनले प्रतिस्पर्धा गरेका थिए । महिला युगलमा स्वर्ण पदक जित्ने एपीएफको टिमममा सिक्का सुवाल र वियन्का राई थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:३५
प्रतिक्रिया दिनुहोस्