Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयर बजार ओरालो लाग्ने क्रम जारी

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–सेयर बजारमा ओरालो लाग्ने क्रम सोमबार पनि रोकिएन । कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ । हिजो आइतबार नेप्से परिसूचक ९.६९ अंकले घटेको थियो । सेन्सेटिभ इन्डेक्स झिनो अंकले बढेको छ। ०.२० अंकले बढेर ३६५.६३ विन्दुमा पुगेको छ । यसदिन ५१ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको छ । आइतबार ८० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको थियो । २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका १३ वटा समूहमध्ये छवटाका सूचक बढेका छन् भने सातवटाका सूचक राताम्मे देखिएका छन् । आज नन लाइफ इन्स्योरेन्सअन्तर्गतका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यसको समूहको सेयर मूल्य १२.७७ अंकले बढ्यो भने होटल एण्ड टुरिजम पनि १०.३७ अंकले बढेको छ । आज पनि अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९९ अंकले बढ्यो। दोस्रोमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले नाफा कमाए । यसको सेयर मूल्य ९.९६ अंकले बढ्यो । कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो । सो बैंकको २ करोड ७९ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:०९
प्रतिक्रिया दिनुहोस्