टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिज स्कटलन्डसँग ४२ रनले पराजित
काठमाडौँ- अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तरगत समूह बि को आजको पहिलो खेलमा स्कटलन्डले वेस्ट इन्डिजलाई ४२ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गर्न आएको स्कटल्न्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनायो । स्कटलन्डका मोइज मुन्सेले सर्वाधिक ६६ रन जोडे ।
१६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८.३ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा समेटियो । वेस्ट इन्डिजका जसन होल्डरले सर्वाधिक ३८ रन जोड्दा अन्य खेलाडी ब्याटिङमा जम्न सकेनन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:१४
प्रतिक्रिया दिनुहोस्