भारोत्तोलनमा पुलिसलाई चौथो स्वर्ण
पोखरा— नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितिन् ।
आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेको थियो । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कूल एक सय ४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।
यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कूल एक सय २९ केजी भार उठाउँदै रजत जितिन् । लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले कांस्य जितिन् । उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कूल एक सय २८ केजी तौल उठाइन् । यस स्पर्धामा १२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२७
प्रतिक्रिया दिनुहोस्