नेभिगेशन
मनोरञ्जन

कमेडियन अपूर्व क्षितिज पुन: पक्राउ

काठमाडाैँ- प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो । उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई पुन: हिरासतमा लिएको छ । भाेलि सार्वजनिक विदा भएकाले उनलाई पर्सि बुधबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन