Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामराम भन्न सकिन्छ काँध थाप्न सकिदैन : प्रमुख आयुक्त थपलिया

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचार संहिता पालना नगर्ने राजनीतिक दल तथा व्यक्तिलाई आयोगले काँध हाल्न नसक्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले निर्वाचनको बेला आचार संहिताको पालना महत्वपूर्ण हुने भएकाले उलङ्घन गर्नेलाई रामराम भन्न सकिने तर काँध थाप्न नसकिने बताएका हुन् । उनले भने, ‘आचार संहिताले वञ्चित गरेका कार्यहरू कुनै राजनीतिक दल र स्वतन्त्र भनिएको उम्मेदवारहरूले पनि आफ्ना बारेमा कहाँ के कस्ता गतिविधि भइरहेका छन् भनेर आफै ख्याल गर्नु पर्छ । यदि त्यस्तो गरिएको पाइएमा आयोगले रामराम भन्न सक्ला काँध थाप्न सक्दैन । तपाईँ कारबाहीको भागीदार हुनु हुने छ।’ कसैलाई फसाउने तरिकाले अरू कुनै व्यक्ति र संस्थाले गरेको कामले पनि उम्मेदवार र पार्टीलाई नै अफ्ठेरो पर्ने भएकाले आफ्नो बारेमा कहाँ के गतिविधि भइरहेको छ भन्ने बारे सबै चनाखो हुनु पर्ने प्रमुख निर्वाचन आयुक्तको भनाइ छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन आचार संहिताले यदि कुनै निर्वाचन क्षेत्र भित्र कुनै पनि राजनीतिक दलको चिन्ह, झन्डा अथवा निर्वाचन आचारसंहिताले वञ्चित गरेको कुनै पनि गतिविधि भइरहेको छ भने त्यो विषयमा कुनै पनि दल र उम्मेदवारले अनभिज्ञता प्रकट गर्न मिल्दैन ।’ निर्वाचन आचार संहिताको उलङ्घनका विषयमा उम्मेदवारलाई सोधपुछ गर्दा आफू अनविज्ञ भएको बताउने गरेको प्रमुख आयुक्त थपलियाको भनाइ छ । कारबाहीको लागि आवश्यक चिठीका नमुनाहरू सबै निर्वाचन कार्यालय, निर्वाचन अधिकृत समक्ष पुर्‍याइ सकिएको पनि उनले जानकारी दिए । आचार संहितामा गर्न नहुने भनी लेखिएको कुराहरू भइरहेको र राजनीतिक दल तथा उम्मेदवारले अनभिज्ञता व्यक्त गरेका कारण यस्तो निर्णय गर्नु परेको आयोगले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:५७
प्रतिक्रिया दिनुहोस्