Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपतिमा प्रसादको विक्री कक्ष (फोटो फिचर)

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – पशुपति परिसरमा अहिले कपडा र पुस्तक विक्रीका लागि राखिएको छ । पशुपतिनाथको मन्दिरमा भक्तजनले चढाएका कपडाहरू विक्रीका लागि राखिएको हो । पशुपति विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुली भक्तजनलाई प्रसादका रूपमा वितरण गर्न विक्री कक्ष राखिएको बताउँछन् ।   विक्री कक्षमा पशुपति विकास कोषले प्रकाशनमा ल्याएको श्रीशिवमहापुराण र पशुपति क्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त) नामक नेपाली र अङ्ग्रेजी भाषाको पुस्तक पनि विक्री कक्षमा राखिएको छ । निमित्त प्रमुख पराजुलीका अनुसार २०७२ सालको भूकम्पले गर्दा विक्री कक्ष बन्द भएको थियो ।   भेटी व्यवस्थापन नियमावली २०६८ अनुसार विक्री कक्ष सञ्चालनमा ल्याइएको उनले बताए । उनी प्रसाद सशुल्क वितरण कक्षलाई बोली चालीको भाषामा विक्री कक्ष भनेर प्रचलनमा ल्याउन लागिएको बताउँछन् ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्