Nic Ad Nic Ad
Nic Ad Nic Ad

इरानमा प्रतिबन्ध लगाउने विषयमा इयु विदेश मन्त्रीको बैठक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – इयु विदेश मन्त्रीहरूले इरानमा प्रतिबन्धहरू लगाउने विषयमा बैठक गरेका छन् । उनीहरूले हिजाब विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सरकारको कुरुर्र दमनको निन्दासमेत गरेका छन् । त्यस्तै, तेहरानसँग मर्रिबन्ड आणविक सम्झौतालाई पुनर्जीवित गर्ने आवश्यकतामा पनि जोड दिएका छन् । विदेश मन्त्रीहरूको बैठकअघि इयु राजदूतहरूले सहमति जनाएका प्रतिबन्धहरूको सूचीमा ११ इरानी अधिकारी र चार संस्थाहरू छन् । तिनीहरूमाथि इयुको  भिसा प्रतिबन्ध र सम्पत्ति रोक्का गरिनेछ । प्रतिबन्धहरूमा लक्षित हुनेहरूमध्ये ‘तथाकथित नैतिकता प्रहरी हुुन् तर त्यहाँ भएका अपराधहरू देख्दा यो वास्तवमै उपयुक्त नहुने शब्द हो’,जर्मन विदेश मन्त्री अन्नालेना बेरबकले भने । एक महिनाअघि प्रहरी हिरासतमै मृत्यु भएकी २२ वर्षीय युवतीको विषयलाई लिएर देशभर प्रदर्शन भएका छन् । प्रहरी र प्रदर्शनकारीबिच भएका झडपहरूमा ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ भने हिरासतमा राखिएका दर्जनौँमाथि मुद्दा लगाउने तयारी गरिएको छ । इरानमा हिजाबविरोधी प्रदर्शनमा संसारभरका महिलाहरूले ऐक्यबद्धता देखाएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२४
प्रतिक्रिया दिनुहोस्