एपीएफकी वृन्द्राधनले जितिन् म्याराथनमा स्वर्ण
पोखरा–महिला म्याराथन दौड प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बिहान पोखरा रंगशालामा भएको ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा एपीएफकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । उनले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गरिन् ।
प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवकी विश्वरुपा बुढाले रजत पदक जितिन् । उनले निर्धारित दुरी ३ घन्टा ००.३५ सेकेन्डमा पार गरिन् ।
त्यस्तै, नेपाल पुलिस क्लवकी रेखा विष्टले काश्यक पदक जितिन् । उनले निर्धारित दुरी ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पार गर्दै काश्य पदक जितेकी हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५३
प्रतिक्रिया दिनुहोस्