Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमले जिते ५–५ स्वर्ण पदक

बिहीबार, मंसिर ८, २०७९
पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला कुस्तीमा विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिमले ५–५ वटा स्वर्ण पदक हात पारेका हुन् । आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहरा, ५३ केजी तौल समूहमा मनिषा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते । कुस्तीमा महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहको खेलमा भाग लिएका थिए । नवलपरासी पूर्वको कावासोती नगरपलिका–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको थियो ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५२
प्रतिक्रिया दिनुहोस्