Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिल्ममा डेब्यू गर्दै निखिलको छोरा अथर्व

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एक्सन स्टार अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको छोरा अथर्व उप्रेती पनि फिल्ममा डेब्यू गर्ने भएका छन्।

बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारको रुपमा अभिनय प्रवेश गर्न लागेका हुन्। फिल्ममा उनले नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिका निर्वाह गर्ने बताइन्छ।

विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं श्रृखंला हो। ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृखंलादेखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए। तर, अहिले उनी बाल कलाकारको रुपमा नसुहाउने भएपछि नयाँ कलाकार खोज्ने क्रममा निखिल र सञ्चिताको छोरा लिएको निर्देशक आचार्यले बताए ।

फिल्ममा आँचल शर्माको पनि मुख्य भुमिका रहनेछ । कात्तिक महिनामा सम्पूर्ण छायांकन सक्ने लक्ष्य रहेको फिल्म नयाँ बर्षमा रिलिज हुनेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२७
प्रतिक्रिया दिनुहोस्