Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल एयरलाइन्सले तिर्‍यो जहान किन्न लिएको ऋण

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । नेपाल एयरलाइन्सले जहाज किन्दा लिएको ऋण तिरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।

निगमले जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको एयरलाइन्सले जनाएको छ ।

विगत ३ वर्षदेखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकामा निगमको सुधारबाट आम्दानीमा बृद्धि भएपछि किस्ता तिर्न सकिएको निगमको भनाइ छ।

साउन ३१ गते पछिल्लो भुक्तानीअघि असार ३० गते पनि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५१
प्रतिक्रिया दिनुहोस्