Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित सात जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ-भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथ नजिकै हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ । प्रसिद्ध धार्मिकस्थल केदारनाथ भन्दा झण्डै दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा आज दिउँसो खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रविशंकरले हेलिकप्टर दुर्घटनामा पाइलट अनिल सिंहसहित सात जनाको मृत्यु भएको जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार