झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौँ— तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासङ्घले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य आठदेखि १० प्रतिशतले वृद्धि भएको बताएको हो ।
महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैङ्कको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासङ्घले बताएको छ । तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिद बिक्री बढ्न थालेको छ ।
फूलहरूको र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद सुरु भएको छ । अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा सुरु भएको महासङ्घले जनाएको छ ।
आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्य समेत आठदेखि १० प्रतिशतसम्म बढेको हो ।
महासचिव पोखरेलले गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात् करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिब ३० करोड रुपियाँ बराबरको आयात हुने अनुमान रहेको छ। कोभिडभन्दा अघि विसं २०७६ मा तिहारको समयमा नेपालमा करिब ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको छ ।
तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाइट अत्यधिक बिक्री हुने गर्दछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १६:४४
प्रतिक्रिया दिनुहोस्