महिला भलिबल : एपीएफ र पुलिस फाइनलमा
म्याग्दी— विभागीय टोलीद्वय एपीएफ र नेपाल पुलिस क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा जारी प्रतियोगितामा मंगलबार एपीएफले बागमती र पुलिसले गण्डकी प्रदेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । एपीएफले २३–२५, २५–२३, २५–२२, २५–१६ को जित निकालेको थियो ।
नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१८, २५–११ को सोझो सेटमा हरायो । एपीएफकी निरुता ठगुन्ना र पुलिस क्लबकी कामना विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:३१
प्रतिक्रिया दिनुहोस्