चुट्किला
बढ्दै बढ्दिन
पीँकीकी आमाले डाक्टरसँग भनी— डाक्टर साब, पीँकीको उचाइ बढ्दै बढ्दैन, यो कुराले मलाई ज्यादै चिन्तित पारेको छ । त्यसैले यसको कुनै औषधी होला ?
डाक्टरले औषधिको बदला उपाय बताउँदै भन्यो— पीँकीको नाम बदलेर महँगाइ राख्नुस्, फेरि बढ्नबाट कसैले रोक्न सक्दैन ।
मौका
एउटा व्यक्ति धेरै अघिदेखि एउटा किराना पसलको चक्कर लगाइरहेको थियो । यो देखेर पसलेले त्यो व्यक्तिसँग सोध्यो— भाइ, तिमी अघिदेखि घुमेको घुमै छौ । आखिर तिमीलाई के चाहिएको छ ?
त्यो व्यक्तिले भन्यो अलिअलि सामान लैजानु थियो । त्यसैले सही मौका हेर्दै छु ।
साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:१८
प्रतिक्रिया दिनुहोस्