फूलहरूले सजिएको इचङु (फोटो फिचर )
काठमाडौँ – नागार्जुन नगरपालिकाको वडा नंं ३ इचङु हजारी फूलले सुगन्धमय भएको छ । विशेषगरी फूलको खेती गरिने इचङमा फूलको सिजनमा सुगन्धको कमी हुने कुरै भएन ।
इचङलाई फूलले सुन्दर र सुगन्धित बनाए पनि किसानको मनमा कान्ति छाएको भने पाइँदैन । तिहारकै मौसममा फूलले बजार नपाएपछि मनमा कान्ति छाओस् पनि कसरी ? इचङुकी ५५ वर्षकी मंगली श्रेष्ठ भन्छिन्, ‘बिउँ छैन, मल छैन । फूल छ बजार छैन । ग्राहक छैन । त्यही समस्या हो ।’
मंगली मात्र होइनन् इचङुमा फूलको खेती गर्ने सबैलाई मल बिउँ र बजारको विषयले सताइ रहेको हुन्छ । वर्ष भरी काठमाडौँमा मन्दिरबाट हुने फूलको माग धान्न नसक्ने उनीहरु तिहारको बेला भने फूल सुकाउन बाध्य छन् ।
विदेशी फूल नेपाल आउने भएपछि उनीहरुको फूल व्यवसाय संकटमा पर्ने गरेको छ । बेलाबेलामा आफूले गरेको मिहेनत खेर जान थालेपछि मंगली व्यवसाय नगरौँ भन्ने मनस्थितिमा पुग्छिन् । उनले भनिन्,‘यसरी मल बिउँ र बजार नपाउँदा त खेती छोडौँ झै लाग्छ । यसरी सबै किसानले छोडे भने पुष्प खेती लोप हुन कतिबेर लाग्छ र ?’
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:३३
प्रतिक्रिया दिनुहोस्