रुसले कब्जा गरेको युक्रेनको खेर्सन सहर जोगाउन चुनौती छ : सर्गेई
एजेन्सी - रुसले युक्रेनमाथि आक्रमण गरे लगतै कब्जामा लिएको खेर्सन सहर जोगाउन रुसलाई हम्मे हम्मे भएको युक्रेनको लागि नयाँ रुसी कमाण्डर सर्गेई सुरोभिकिनले बताएका छन् । उनले आफूले कमाण्ड समालेपछिको पहिलो अन्तर्वार्तामा सञ्चारमाध्यहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनका अनुसार अहिले रुसी सेनालाई उक्त क्षेत्रमा युक्रेनी आक्रमणको सामान गर्न समेत कठिन भइरहेको छ । खेर्सन पश्चिमी किनारमा डिनिप्रोको मुखको छेउमा अवस्थित छ । फेब्रुअरीमा आक्रमण पछि रूसले बब्जा गरेको पहिलो सहरहरू मध्ये एक हो । यो युक्रेनको सरकारको लागि महत्त्वपूर्ण रणनीतिक र प्रतीकात्मक लक्ष्य हो।
‘दुश्मनले लगातार रुसी सेनाको स्थानमा आक्रमण गर्ने प्रयास गर्छ’ सर्गेई सुरोभिकिनले यस महिनाको सुरुमा नियुक्त भएदेखिको आफ्नो पहिलो टेलिभिजन अन्तर्वार्तामा भने, ‘कब्जा गरिएको दक्षिणी सहर खेर्सन वरपरको अवस्था विशेष गरी कठिन थियो।’
अहिले रसियाले कब्जा गरेको दक्षिणी सहर खेर्सनबाट नागरिकहरूलाई अन्यत्र सार्ने काम गरिरहेको घोषणा गरेको छ।
‘खेर्सोन सहरको बारेमा थप कार्यहरू र योजनाहरू विकासशील सैन्य-सामरिक स्थितिमा निर्भर हुनेछ, जुन सजिलो छैन। हामी कठिन निर्णयहरूलाई अस्वीकार नगरी, समयमै सचेत भएर काम गर्नेछौं’ उनले थपे।