Nic Ad Nic Ad
Nic Ad Nic Ad

आर्मीलाई ४ स्वर्ण, पुलिसलाई ३

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् । मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ। आर्मीले ३-३ रजत र कास्य पदक पनि जितेको छ।

पुलिसका खेलाडीले आर्मीलाई पछ्याउँदै ३ स्वर्ण पदक प्राप्त गरेका छन्। पुलिसले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ। बाग्मतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो। लुम्बिनी र एपीएफले १-१ रजत जितेका छन्। मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १-१ कास्य हात पारेका छन् ।

आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन्। महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजी मुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए ।

गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन। सुदूरपश्चिम र प्रदेश नम्बर १ पनि पदकविहिन छन् । पुरुषतर्फ ८१, ९०, १०० केजी मुनि र १०० केजीमाथि उमेर समूहमा पदकको छिनोफानो हुन बाँकी छ। ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले पदकको लागि भिड्नेछन्। यस्तै, मिक्स टिम इभेन्टमा पनि खेल हुनेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२३
प्रतिक्रिया दिनुहोस्