‘आलु पार्टी’ आयोजना गरिने
काठमाडौं–तिहारको अवसरमा नियमित आयोजना हुँदै आएको हास्य व्यंग्यात्मक कार्यक्रम ‘आलु पार्टी’ यस वर्षको काग तिहारका दिन हुने भएको छ ।
विगत ४५ वर्षदेखि निरन्तर रुपमा आयोजना गरिँदै आएको कार्यक्रम सो कार्यक्रम कोरोना महामाररीको समयमा पनि रोकिएको थिएन । सो समयमा अनलाइनमार्फत कार्यक्रम गरिएको थियो ।
यसपटक कार्यक्रम जावलाखेलस्थित साहित्यकार रामकुमार पाँडेको घरमा भौतिक उपस्थितिमै गर्न लागिएको हो ।
२०३४ सालदेखि तत्कालीन चर्चित हास्य व्यङ्गकार राम कुमार पाँडे, बासुदेव लुइँटेल, टेकबहादुर मुखिया, दाताराम शर्मा, वासुुदेव रिमाल ‘यात्री’ लगायतका साहित्यकारहरूको अगुवाइमा कार्यक्रम सुरुवात गरिएको थियो ।
आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिई आलुका परिकारसहित हास्य व्यङ्गात्मक प्रस्तुतीहरूका साथ प्रत्येक वर्ष काग तिहारका दिन जावलाखेलस्थित पाँडे प्याराडाइजमा मनाइँदै आइएको र यसपालि पनि सोही तरिकाले मनाउने तयारी रहेको आयोजक समिति सदस्य साहित्यकार डा. मित्रबन्धु पौडेलले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्रायः सबै हास्य कलाकारहरु उपस्थित हुनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५२
प्रतिक्रिया दिनुहोस्